एजेन्सी। लेबनानको राजधानी बेरुतसहितका स्थानमा भएको विस्फोटमा परी ९ जनाको मृत्यु भएको छ। मंगलबार कुराकानी गर्नका लागि प्रयोग गरिने पेजर मेसिनका माध्यमबाट भएको विस्फोटमा परी एक बालकसहित नौ जनाको मृत्यु भएको हो।
विस्फोटमा परेर इरानी राजदूतसहित कम्तिमा २८ सय जना घाइते भएका छन्।
इरान समर्थित हिजबुल्लाहले यो विस्फोटबारे प्रतिक्रिया दिँदै यो पेजर हिजबुल्लाहकै भएको र त्यसमा परी हिजबुल्लाहकै आठ जनाको मृत्यु भएको बताएका छन्।