हुम्ला। पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गरिने भएको छ। हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको उक्त टेलिकमको सेवा २४ घण्टा नै सञ्चालन गरिने भएको हो।
उक्त टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्नको लागि विद्युत् सेवा जडान सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
उक्त क्षेत्रका स्थानीयले गुणस्तरीय टेलिफोन सेवा पाएका छैनन्। घाम लागेको समयमा टेलिफोन सेवा सञ्चालन भएतापनि अरु समयमा अवरुद्ध हुँदा निकै समस्या भोग्दै आएको स्थानीयले बताए।
अब विद्युत् सेवा जडान गरेर २४सै घण्टा टेलिकमको सेवा उपलब्ध गर्न पाउँने भएपछि खुशी भएको उनिहरुको भनाइ छ।