काठमाडौं। न्यु ग्लोबल ईलेक्ट्रोनिक्सले पश्चिमी भारतमा एक लाख रोजगारीका अवसरहरू सिर्जना गर्ने भएको छ। कम्पनीले भारतको पश्चिमी भागमा जैविक फोहोरलाई प्राकृतिक ग्यासमा परिणत गर्ने ‘प्राकृतिक ग्यास युनिट’ स्थापना गरि एक लाख मानिसलाई रोजगारी दिने भएको हो।
कम्पनीले जैविक फोहोरलाई प्राकृतिक ग्यासमा परिणत गरी १ हजार प्राकृतिक ग्यास युनिट स्थापना गर्ने योजना बनाएको छ। यसका लागि क्लीन फ्युल ईनर्जी कम्पनी नेक्सजेन इनर्जीले कम्पनिका संस्थापक र अध्यक्ष डा.पियुष त्रिवेदीको नेतृत्वमा भारत सरकारको भारतीय प्रशासनिक सेवाका एपी पाठक र नेक्सजेन एनर्जीको कम्पनीका प्रबन्ध निर्देशक दिनेश महाजन, बरिष्ठ उपाध्यक्ष अंकुर दुबे, भारत सरकारको भारतीय प्रशासनिक सेवाका ओमप्रकाश सिंह, राघव चन्द्र, गिरीश शंकर, डीजीपी गुप्तेश्वर पाण्डे, डीजीपी केएन तिवारी सहितको बैठक समेत बसेको छ।
यस कम्पनीले विभिन्न स्थानमा १० हजार भन्दाबढी पम्प खोल्ने योजना पनि बनाएको छ। यसले आकर्षक फ्रेन्चाइज अवसरहरू प्रदान गर्दै डिजेल पम्प र चार्जिङ स्टेशनहरू पनि खोल्नेछ।
यस कम्पनीको बृहत् योजनाले स्वच्छ ऊर्जा अपनाउने प्रक्रियालाई गति दिने र युवाहरूका लागि देशभरमा १० लाखभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्न मद्दत पुग्ने बताइएको छ। न्यु ग्लोबल ईलेक्ट्रोनिक्सले पम्पहरूको लागि प्राप्त गर्ने प्रक्रियालाई गति दिने र उत्तर प्रदेश र हरियाणामा पनि स्वीकृति प्रक्रियालाई तीव्रता दिने बताइएको छ।