काठमाडौं। लद्दाख पावर डेभलपमेन्टले सौर्य उर्जाको लागि पीपीए हस्ताक्षर गरेको छ। लद्दाखको पावर डेभलपमेन्ट डिपार्टमेन्टले ५० मेगावट सोलार पावर किन्नको लागि सोलार एनर्जी कर्पोरेशन अफ इन्डिया सँग पावर खरिद सम्झौता गरेको हो।
पीपीए लेहको तारु क्षेत्रमा रहेको ५० मेगावाटको सोलार परियोजनाबाट ब्याट्री भण्डारण गरी प्रधानमन्त्री विकास प्याकेज २०१५ अन्तर्गत बिजुली किन्नको लागि सम्झौता गरेको हो। उक्त आयोजनाको विद्युत पीडीडीले प्रतियुनिट २ रुपैयाँ २२ पैसामा खरिद गर्नेछ।