तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिकाले बहपुरमा ल्याण्डफिल साइड निर्माण गरेको छ। दुई करोड लगानीमा लागतमा व्यवस्थित ल्याण्डफिल साइड निर्माण गरेको हो।
उक्त ठाउँमा ल्याण्डफिल साइड सञ्चालनमा ल्याएपछि म्याग्दे गाउँपालिका मात्र नभएर शुक्लागण्डकी र व्यास नगरपालिकाको फोहरमैलालाई समेत व्यवस्थित गर्न सकिने गाउँपालिकाले जनाएको छ।
कुहिने फोहरलाई प्राराङिक मल बनाउने र नकुहिने वस्तुलाई पुनः प्रयोगमा ल्याइने गरी व्यवस्थित गर्न लागेको गाउँपालिकाको भनाइ छ।
ल्याण्डफिल साइड निर्माण भएपछि स्थानीय पनि खुशी भएका छन्। अब जताततै फोहोर नहुँने भन्दे उनिहरुले खुशी ब्यक्त गरे।