एजेन्सी। बैंककमा मंगलबार बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। थाइल्यान्डको राजधानी बैंककमा स्कुलका यात्रु बोकेको बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको हो।
विद्यालयका शिक्षक र विद्यार्थीसहित ४४ जना यात्रु सवार बसमा आगलागी भएको हो। १९ यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याईएको बताइएको छ।