सुर्खेत। भण्डारी राजमार्ग अन्तर्गतको धुलियाबिट भेडाबारी सडक कालोपत्र गरिने भएको छ। धुलियाबिट भेडाबारी सडक ट्रयाक खुलेको ४२ वर्षपछि कालोपत्रे हुने भएको हो।
पछिल्लो समय मदन भण्डारी राजमार्गमा समावेश गरिएको धुलियाबिट भेडाबारी सडक कालोपत्रे गर्नका लागि निर्माण कम्पनीसंँग सम्झौता भएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्ने यो सडक कालोपत्रको ठेक्का कालिका (केएस) वेदान्सी जेभीले पाएको छ।
राजमार्ग आयोजना निर्देशनालयलले गत वैशाखमा एक अर्ब ५१ करोड रुपैयाँमा सडक स्तरोन्नति र कालोपत्रेका लागि बोलपत्र आह्वान गरिएको थियो। कम्पनीले घटेर एक अर्ब तीन करोड रुपैयाँमा सम्झौता गरेको छ।