एजेन्सी। भारतका ३० वटा विमानमा बम आक्रमणको धम्की आएको छ। सोमबार राति भारतीय हवाई सेवा प्रदायक कम्पनीका ३० वटा विमानमा बम आक्रमण गर्ने धम्की आएको हो।
इन्डिगो, विस्तारा र एयर इन्डिया (एआई)को घरेलु र अन्तरराष्ट्रिय उडानहरूमा यस्तो धम्की आएको बताइएको छ। यी चार उडानहरूले सोमबार सुरक्षा सतर्कताहरू प्राप्त गरेका छन्। सम्बन्धित अधिकारीहरूलाई सूचित गरेर र सबै प्रोटोकलहरू कडाईका साथ पालना गरेको समेत बताइएको छ।
भारतमा पछिल्लो ८ दिनमा १२० भन्दा बढी विमानमा बम आक्रमणको धम्की आएको छ।