काठमाडौं। भियतनाममा ट्रामी आँधीका पाँच जनाको मृत्यु भएको छ। आँधीका कारण आएको आकस्मिक बाढीले सयौँ घर क्षतिग्रस्त बनाएको हो।
बाढीले क्वाङ बिन्ह प्रान्तमा पाँच जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको कृषि मन्त्रालयले बिहीबार अनलाइन रिपोर्टमार्फत जनाएको छ।