काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा पर्खाल लगाउन दिएका सामग्रीमा खिया लागेको छ। सिमानामा विशाल पर्खाल बनाउने प्रतिबद्धताको हिस्सा बनेका फलामे सामग्रीमा खिया लागेको हो।
मेक्सिको र अमेरिकाको सिमानामा विशाल पर्खाल बनाउने ट्रम्पको हिस्सा बनेका अर्बौ डलरका फलामे सामग्रीमा खिया लागेको छ।
मेक्सिको हुँदै अवैधरुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न ट्रम्पले मेक्सिको र अमेरिकाको सिमानामा ठुला पर्खाल निर्माण गर्ने अठोटका साथ परियोजना अघि बढाएका थिए। उक्त परियोजनाको हिस्सा बनेका थोरैमा पनि सवा एक अर्ब डलर रकम बराबरको स्टिल र अन्य फलामे सामग्रीमा खिया लागेको छ।
उक्त सामाग्रीहरु ट्रम्पको कार्यकालमा अमेरिकी रक्षा विभागले आफ्नो स्वामित्वमा लिएको थियो। तर, ट्रम्पको कार्यकाल सकिएसँगै ठुला पर्खाल निर्माण गर्ने ट्रम्पको प्रतिबद्धता समाप्त भएको खरिद गरेका सामग्रीमा खिया लागेको जनाइएको छ।
वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकाल सुरु भएदेखि ट्रम्प प्रशासनले बनाएका सबै नीति खारेज गर्ने बताउँदै आएका छन्।