काठमाडौं। सुनसरीको कोशी गाउँपालिका–३ जामुवा देखि सुनार कृष्ण आधारभुत खाने पानी जहाँगीर अन्सारी अजीज अन्सारी घर हुँदै हरिपुर साखा जोड्ने बाटो कालोपत्रे हुने भएको छ। कोशी गाउँपालिकाको कार्यलयले सो सडक निर्माण गर्न लागेको हो।
सो सडक खण्ड निर्माणको लागि करिब ४ करोड ३८ लाख लागत लाग्ने अनुमान गरिएको छ। सो सडक खण्डमा जथाभावी खाल्डा पर्नाले यात्रा गर्न सकस भएको छ। खाल्डाको कारणले गर्दा सडक दुर्घटना पनि हुने गरेको छ। अव्यवस्थित सडकको कारण वर्षामा हिलाम्य र हिउँदमा धुलाम्मे हुँदा त्यहाँका स्थानीयदेखि लिएर उक्त सडक भएर यात्रा गर्ने यात्रुहरुले पनि सास्ती झेल्नु परेको छ।
सो सडक कालोपत्रे भएपछि स्थानीयहरुलाई यात्रा गर्न र व्यापार व्यवसाय गर्नपनि सहज हुने स्थानीयको विश्वास रहेको छ। सो सडक कालोपत्रेको लागि गाउँपालिकाले ठेक्का आह्वानसमेत गरिसकेको छ। ठेक्का प्रक्रिया पुरा भएपछि निर्माण कार्य अगाडी बढाउने गाउँपालिकाको योजना रहेको छ।