एजेन्सी। अमेरिकाको क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको भूकम्प गएको छ। उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको हो।
स्थानीय अधिकारीहरूका अनुसार भूकम्पपछि कुनै मानवीय क्षति वा ठुलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन।
भवन वा पूर्वाधारमा कुनै विनाशकारी क्षति भएको छैन, तर केही घरहरूमा सामान्य क्षति भएको एजेन्सीले जनाएको छ।