काठमाडौं। काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ। खुला रूपमा फोहोर मैला बालेमा महानगरले कारबाही गर्ने भएको हो।
खुला रुपमा फोहोर बाल्दा वायु प्रदूषण हुने भएको कारण खुला रुपमा फोहोर फाल्न निषेध गरिएको महानगरले जनाएको छ। यदि कसैले खुला रूपमा फोहोर बालेको थाहा पाएमा कारबाही हुने महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा उल्लेख छ।