काठमाडौं। मेलम्ची खोनेपानी आयोजना मर्मतको काम फास्ट ट्रयाकबाट अगाडी बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भएको छ। उक्त आयोजना छिटो सकेर उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्ट ट्रयाकबाट मर्मतको काम अगाडि बढाउन सो प्रस्ताव पेश भएको हो।
फास्ट ट्रयाकबाट मर्मत कार्य अगाडि नबढे मेलम्ची आयोजना सुधारको काममा ढिलाइ हुने खानेपानी मन्त्रालयले जनाएको छ।। करिब २ दशकको समयपछि उपत्यकामा आएको मेलम्ची खानेपानी आयोजनामा सुरुवात भएको एक साता नपुग्दै गएको असार १ गते बाढीले क्षती ग्रस्त बनाएको थियो। यस पश्चात उपत्यकामा मेलम्चीको पानी कहिले आउने अनिश्चित बनेको छ।
काम चाडो सम्पन्न गर्न मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भएको भएपनि केहि निर्णय आउन सकेको छैन।