काठमाडौं। लद्दाखमा पर्ने कारगिल क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय २ बजेर ५० मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको झड्का जम्मु कश्मिर क्षेत्रमा पनि महसुस भएको थियो । भूकम्पले मानवीय क्षति भने नभएको भारतीय मिडियाले जनाएका छन्। भूकम्पले केही घर र पर्खालहरु भत्किएका छन्।