एजेन्सी। म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या १४४ पुगेको छ। शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प जाँदा हालसम्म मृत्यु हुनेको संख्या १४४ पुगेको हो।
उद्धारकर्मीहरू रातभर घाइते तथा भग्नावशेषमा पुरिएकाहरूको खोजीमा खटिएका छन् । भूकम्पका कारण म्यानमारको दोस्रो ठुलो सहर म्यानडलेमा धेरै भवनहरू ढलेका छन् । म्यानडले र याङगुनमा विद्युत् आपूर्ति प्रभावित भएका छन् ।
भूकम्पको धक्का छिमेकी थाइल्याण्डदेखि भारत र चीनसम्म पुगेको थियो । शनिबार त्यहाँ स–साना परकम्पहरू अझै पनि गइरहेका छन् । थाइल्याण्डमा एउटा निर्माणाधीन गगनचुम्बी भवन ढल्ला १ सयभन्दा बढी हराइरहेका छन् । त्यहाँ थप दुई भवन खाली गराइएको छ । शनिबार २ हजारभन्दा बढी भवनहरूको अनुगमन गरिने बताइएको छ ।
चीनबाट ३७ जनाको उद्धार टोली म्यानमार पुगेको छ । टोलीसँग ११२ वटा आपत्कालीन उद्धारको सामग्री, भूकम्पबारे पूर्वसूचना दिने प्रविधि, ड्रोन र पोर्टेबल स्याटेलाइटहरू रहेका छन् ।