एजेन्सी । भारतको गुजरात राज्यमा एक पटका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ। मंगलबार गुजरातको बनासकाँठा जिल्लाको डीसा नगरमा भएको आगलागीमा परेर त्यहिँका १७ जना मजदुरको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । सुरुमा ६ जनाको मृत्यु भएको खबर आएको तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको प्रहरीले जनाएको छ। घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।
प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० जना उद्दारकर्मी खटिएका थिए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने प्रशासनले आगलागीको कारण र क्षतिको मूल्यांकन गरिरहेको छ।