काठमाडौं। सुडान सरकारले राजधानी खार्तुममा इन्टरनेट सेवामा प्रयोगमा लगाएको छ। नागरिक शासन बहाल गर्न माग गर्नेहरुले ठूलो प्रदर्शनको तयारी गरेसँगै सरकारले राजधानीमा इन्टरनेट सेवा बन्द गराएको हो।
ठूलो विरोध प्रदर्शनको तयारीको क्रममा मानिसहरुलाई जम्मा पार्न वेबसाइट र ऐपहरुको प्रयोग बढेपछि त्यसलाई त्यसलाई रोक्नको लागी सरकारले इन्टरनेट सेवा बन्द गर्ने निर्णय गरेको हो।
दूरसञ्चार सेवा नियन्त्रण गर्ने सुडानको नेशनटल टेलिकम कर्पोरेशनको निर्णयपछि इन्टरनेट सेवा ठप्प भएको हो। सरकारले इन्टरनेटका साथसाथै धेरै वटा पलहरु पनि बन्द गरी कुनै चलाखी नगर्न चेतावनी दिएको छ।
प्रदर्शनकारीहरुले नागरिकको शासन बहाल गर्न माग गर्दै आएका छन्।