काठमाडौं। पाकिस्तान र भारतबीच तनाव बढीरहेका बेला पाकिस्तानले भारतको विभिन्न सैन्य र पूर्वाधार क्षेत्रमा आक्रमण गरेको दाबी गरेको छ ।
भारत विरुद्ध पाकिस्तानले सञ्चालन गरेको ‘अपरेशन बुनयान–उन–मरसूस’ अन्तर्गत भारतका विभिन्न प्रमुख पूर्वाधार र सैन्य संरचनाहरूलाई निशाना बनाएको दाबी गरिएको छ।
पाकिस्तानले निशाना बनाएका भारतका सैन्य संरचना तथा पूर्वाधारमा भारतको पावर ग्रिड, आदमपुरस्थित एस–४०० मिसाइल प्रणाली, केजी टप ब्रिगेड मुख्यालयस् लक्षित आक्रमण, उरी आपूर्ति भण्डारण केन्द्र, आदमपुर र उधमपुरस्थित हवाई मैदानहरू, देहरांग्यारीमा तोपखाना तैनाथी स्थल र ब्रह्मोस क्षेप्यास्त्र भण्डारण स्थल रहेका छन् ।