वर्षाका कारण अवरुद्ध भएका सडक तत्काल खुलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले माग गरेको छ । चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुहरुको संख्या बढ्दै जाने भएका कारण यात्रुहरुलाई सहज रुपमा गन्तब्यस्थल सम्मपुर्याउने उद्धेश्यले अवरुद्ध भएका राजमार्ग तत्काल खुलाउन महासङ्घका अध्यक्षले एक विज्ञप्ति जारी गरि सरकारसँग माग गरेका हुन्।
उहाँका अनुसार चाडपर्व नजीकियसँगै चाडपर्व मनाउन काठमाण्डौँ उपत्यकाबाट बाहिर जाने र उपत्यका आउने यात्रुवाहक सवारी साधन बढ्दै जाने भएतापनि निरन्तर पर्ने अविरल वर्षाका कारण मुख्य राजमार्ग र विषेश गरि ग्रामिण सडक अवरुद्ध हुदा सवारी सञ्चालनमा समस्या भएको पाइन्छ।
अवरुद्ध भएका सडकहरु दुईतर्फी सञ्चालनमा नआउँदा दशैँका लागी अगाडी नै टिकट बुकिङ खोल्न समस्या हुने महासङ्घका महासचिवले बताउनुभयो। उहाँका अनुसार महासङ्घले सरकारसँग राजमार्गमा एकतर्फी सञ्चालनमा आएका सवारी साधनलाई दुईतर्फी रूपमा सञ्चालनको व्यवस्था मिलाउनसमेत माग गरेको छ।