काठमाडौं। रेल भूमि विकास प्राधिकरणले रेलवे आवासको पुनर्विकासको लागि बोलपत्र आह्वान गरेको छ। रेल मन्त्रालय अन्तर्गत, अवस्थित रेलवे आवास परिसरको पुनर्विकासका साथै पश्चिम बंगालको ब्यारेक कालोनी, नयाँ जलपाईगुडीमा व्यावसायिक र आवासीय स्थानको विकासको लागि बोलपत्र आह्वान गरेको हो।
उक्त प्रस्तावित जग्गा पश्चिममा सरकारी गर्ल्स हाई स्कूल, पूर्वमा रेलवे कार्यालयहरू, र उत्तरी परिधिमा शहरको मुख्य सडकसँग जोडिएको प्रमुख स्थलमा रहेको छ।
सो नयाँ जलपाईगुडी–सिलिगुडी जुम्ल्याहा सहर दार्जिलिङ, कालिम्पोङ र गान्तोक हिल स्टेशनहरूको प्रवेशद्वार हो। जग्गा कुनै अवरोध वा अतिक्रमणबाट मुक्त भएका कारण विकास निर्माण छिटै र सहजै गर्न सकिने विश्वास गरिएको रेल भूमि विकास प्राधिकरणका उपकुलपति वेद प्रकाश डुडेजाले बताए।
उपलब्ध जग्गाको समग्र क्षेत्रफल २१९६३ वर्गमिटर छ भने भाडामा दिइने क्षेत्रफल १६२२२ वर्गमिटर रहेको छ। उक्त काम २ वर्षभित्र सम्पन्न गरिने भएको छ।
बोलपत्र पेशगर्ने अन्तिम मिति जनवरी २८, २०२२ सम्म रहेको छ।