ढाका। कट्टरपन्थीहरूको भीडले बंगलादेशको सिराजगञ्जमा रहेको महान कबि रवीन्द्रनाथ टैगोरको पुर्ख्यौली निवासमा आक्रमण गरेका छन । कचहरी घर भनेर चिनिने कबि टैगोरको पुर्ख्यौंली घरमा भारी तोडफोड गरिएको हो, जो अहिले संग्रालयको रूपमा राखिएको छ ।
जमात ए इस्लामी र हिफाजत ए इस्लामका कट्टरपन्थीहरूको भीडले ट्यागोरविरुद्ध नारासमेत लगाएको बंगलादेशका स्थानिय मिडियाहरूले जनाएका छन् । सो खबर पाएलगत्तै शहजादपुर थानाको प्रहरी घटनास्थलमा पुगे पनि अभियुक्तमाथि कुनै कारबाही नभएको जनाइएको छ।
यस विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरी चौकी इन्चार्ज अस्लम अलीले बताए ।एफआइआर अहिलेसम्म दर्ता भने भएको छैन। लामो कोलाहलपछि प्रहरी फर्किए पनि साँझसम्म कट्टरपन्थीहरू घटनास्थलमा जम्मा रहिरहेका थिए ।
राजधानी ढाकाबाट करिब १२५ किलोमिटरको दुरीमा रहेको गुरुदेव टैगोर पैतृक गृहलाई संग्रहालयको दर्जा दिइएको छ । गुरुदेव रवीन्द्रनाथ टैगोरका मामा द्वारकानाथ टैगोरले १८४० मा यो दरबार घर बनाएका थिए।