काठमाडौं। स्थानीय मिलेर हाते औजारले ७ किलोमिट पुरा चट्टान फोरेर चमत्कारीक सडक बनाएका छन्। क्लिफ रोड गुइझाउ गाउँ समृद्धिको लागि महत्वपुर्ण बनेको छ।

हजारौ मानिसहरु सडक हेर्नको लागीनै गुइझाउ गाउँ पुग्न थालेका छन्। दुबै तर्फ अति ठूलो चट्टानको भीर भएका कारण यस ठाउँमा सडक पुग्ने अरुकुनै विकल्प नभएपछि गाउँले मिलर हातले कुँदेर सडक बनाएका हुन्। सडक बनाउँन पूरा तीन बर्ष लागेको भएतानि सडक बनिसकेपछि गाउँको मुहारनै फेरिएको छ।
सडक निर्माणपछि नसोचेको विकास भएको छ। हजारौ सङ्ख्यामा यहाँ घुम्नको लागी मानिसहरु पुग्न थाले, साना झुप्रा घर भएको उक्त गाउँ होम स्टेका लागि अब गाउँ नै पक्की घर बनेको छ।
तीन बर्ष लगातार दिन रात पछिको मेहेनतपछि अहिले विश्व सडक सञ्जालमा यो गाँउ जोडियो। सडक बनेपछि कृषि उत्पादनहरुलाई शहरहरुमा ढुवानी र बेच्न को लागि सम्भव मात्र बनाएन सडकले यहाँको आयमा उल्लेखनीय वृद्धि पनि गरायो।
.jpg)