काठमाडौं। महिला इन्जिनियरिङ टोलीद्धारा जिन्जर होटल निर्माण भइरहेको छ।इन्डियन होटल्स कम्पनीले टाटा प्रोजेक्ट्ससँग सान्ताक्रूज, मुम्बईमा सबै महिला इन्जिनियरिङ टोलीद्वारा जिन्जर होटल निर्माण गर्न सहकार्य गरेको हो।
एमडी तथा सीईओ, आईएचसीएलले भने, विश्व भविष्यतर्फ अघि बढिरहेको छ जहाँ महिलाहरूले क्षेत्रहरूमा सीमानाहरू धकेलिरहेका छन्। पुरुषको तुलनामा महिलाले पनि काम गर्न सक्छन् भन्ने उदाहरण पनि बन्नेछ।
१९ हजार मिटरभन्दा बढी क्षेत्रफल भएको होटल ३७१ कोठाको हुनेछ। निर्माण सुरुगरेको १९ महिनाभित्रमा सम्पन्न हुनेछ। मुम्बई एयरपोर्ट र वेस्टर्न एक्सप्रेस राजमार्गको नजिकै रहेको उक्त होटल टाटा प्रोजेक्टहरूद्वारा निर्माण भइरहेको छ।
टाटा प्रोजेक्ट्सका एमडी विनायक देशपाण्डेका अनुसार जिङ्गर होटल परियोजना सबै महिलाको टोलीको नेतृत्वमा राम्रोसँग अगाडि बढिरहेको छ। सोही टोलीको सफलता निर्माण र इन्जिनियरिङ क्षेत्रमा आफ्नो क्यारियर निर्माण गर्न थप महिलाहरूलाई उत्प्रेरित गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ। अर्को मुख्य विशेषता भनेको समयमै र गुणस्तरीय निर्माण सुनिश्चित गर्न भवन सूचना मोडलिङ र तीन आयामी जस्ता नयाँ प्रविधिहरू पनि प्रयोगमा ल्याइएको छ।
उक्त होटल कम्पनी महिला सशक्तिकरणको यात्रामा रहेको छ, जसमा चेन्नईमा भर्खरै सुरु गरिएको सबै–महिलाद्वारा संचालित लक्जरी आवासहरू समावेश छन्।