काठमाडौं । बेलायती सेनाको सर्वोच्च पदक भिक्टोरिया क्रस पाउने पहिलो गोर्खा सैनिक कुलबीर थापाको बेलायतमा सालिक अनावरण गरिएको छ ।
शनिबार गोर्खा राइफलम्यान थापाले ब्रिटिश सैनिकलाई बोकेको पूर्णकदको शालिक अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा अनावरण गरिएको हो । प्रथम विश्वयुद्धमा देखाएको अदम्य साहसका कारण उनलाई पदक दिइएको थियो ।
बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी तथा नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल लगायतले संयुक्त रुपमा शालिक अनावरण गरेका छन् ।
शालिक अनावरणका क्रममा राज्यमन्त्री डोचेर्टीले शालिकले साहस र बहादुरीका साथै गोर्खा सैनिकको सैन्य भावलाई चित्रित गरेको बताएका छन् ।