डडेल्धुरा। वर्षासँगै परेको हिमपातका कारण सुदूरपश्चिमका सडकहरु अवरुद्ध भएका छन्।
हिमपातका कारण प्रदेशका पहाडि जिल्लाका अधिकांश राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको हगुल्टेमा र दशरथ चन्द राजमार्ग अन्तरगत बैतडीको खोड्पेमा यातायात सेवा नै अवरुद्ध बनेको छ।
हिमपात नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ। हिउँ पर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ। राजमार्ग खुलाउन प्रयास भइरहे पनि बाक्लो हिउँका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ।