काठमाडौं। क्यालिफोर्नियामा एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। एउटा व्यावसायिक जेट विमान क्यालिफोर्नियाको सान डिएगोनजिकै दुर्घटना भएको हो।
दुर्घटनामा जहाजमा भएका कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन्। विमानमा यात्रा गर्ने यात्री कति थिए भन्ने टुङगो भने लाग्न सकेको छैन।
दुर्घटनापछि विमानमा आगो लागेको थियो। अग्नि नियन्त्रकहरुले जलेका चार ओटा शव फेला पारेका छन्। सान डिएगोबाट १५ माइल टाढा भएको सो दुर्घटना अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले अनुसन्धान गरिरहेको केन्द्रीय उड्यन प्रशासनले जनाएको छ।