काठमाडौं। रोल्पाको रुन्टीगढी गाउँपालिकामा सत्मुले बृहत खानेपानी आयोजना निर्माण हुने भएको छ। गाउँ कार्यपालिकाको कार्यलयले सो आयोजना निर्माण गर्न लागेको हो।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका रुन्टीगढीका स्थानीयहरुको घरघरमा पानीको पहुँच पुर्याउने उद्देश्यले सत्मुले बृहत खानेपानी आयोजना निर्माणको योजनालाई अघि बढाइएको गाउँपालिकाको कार्यलयले जानकारी दिएको छ। करिब ३५ लाख लागतमा निर्माण हुने यस आयोजनाले रुन्टीगढी गाउँपालिकका सबै घर लाभान्वित हुने भएका छन्। उक्त खानेपानी आयोजना लिफ्टिङ प्रणालीबाट निर्माण गर्न लागिएको हो।
गाउँपालिकाको कार्यलयले सत्मुले बृहत खानेपानी आयोजना निर्माणको लागि ठेक्का आह्वान समेत गरिसकेको छ। ठेक्का प्रक्रिया पुरा भएपछि खानेपानी निर्माणको आयोजना निर्माणलाई अघि बढाउने गाउँपालिकाको योजना रहेको छ। नजिकको खोला तथा कुवाँबाट पानी ल्याएर आफ्नो दैनिकी चलाउँदै आएका स्थानीयहरुका लागि गाउँमा नै खानेपानी आयोजना निर्माण हुनु सुनमा सुगन्ध छर्नु जस्तै हुनेछ। गाउँमा नै खानेपानी निर्माणहुने कुराले स्थानीयवासी खुसी भएका छन्।