काठमाडौं। बजाजले विद्युतीय सवारी साधन निर्माण प्लान्टको लागि भारु ३ सय करोड लगानी गर्ने भएको छ। दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माण गर्दै आएको बजाज कम्पनीले बुधबार पुनेमा नयाँ प्लान्ट जडान गर्ने बताउँदै उक्त घोषणा गरेको हो।
अटो हिन्दुस्तानको अनुसार पुनेस्थित नयाँ प्लान्टमा वार्षिक ५ लाख विद्युतीय सवारी उत्पादनको क्षमता रहेको छ। नयाँ प्लान्टमा नयाँ प्रविधियुक्त अटोमेटेड अर्थात् स्वचालित उत्पादनशैली प्रयोग हुनेछ। लजिस्टिक, कच्चा सामग्री ह्यान्डलिङ, फेब्रिकेसन, पेन्टिङ, गुणस्तर सुनिश्चिततालगायत विशेषता अटोमेटेड हुनेछ। उक्त कम्पनीको भविश्यमा थप विक्रेता थप्ने लक्ष्य रहेको छ।
यसैगरी पुनेको नयाँ ईकाइबाट सन् २०२२ को जुन महिनासम्ममा विद्युतीय दुई पाङ्ग्रे सवारी साधन सार्वजनिक हुने अनुमान गरिएको छ।