म्याग्दी। म्याग्दी जिल्लाको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सडकको स्तारोन्नति गर्न शुरु गरिएको छ। हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम शुरु गरिएको हो।
ट्रयाक खुलेको १६ वर्षपछि सडक स्तारोन्नति हुने भएपछि स्थानीय हर्षित बनेका छन्। भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट चार लाख ९५ हजार गरी कूल ५३ लाखको लागतमा स्तरोन्नतिको काम शुरु भएको छ।
विसं २०६३ मा यो सडकको ट्रयाक खुलेको थियो। हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र गर्नका लागि बाटो विस्तार र स्तरोन्नतिको काम पनि भइरहेको छ।