काठमाडौं। रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ। वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया अघी बढेको हो।
उक्त आयोजनाको शुक्रवार शिलान्यास गरिएको छ। सोही गाउँपालिकाका ५ नम्बर वडाका वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरेका छन्।
लुम्बिनी प्रदेश सरकारको ९ करोड बजेटमा निर्माण हुन लागेको खानेपानी आयोजनामा ७५ हजार लिटर क्षमताका ५ वटा ट्यांकी निर्माण गरिने छ। ५ नम्बर वडाका करीब ५०० घरधुरीमा खानेपानीको सहज सुविधा पुर्याउने गरी खानेपानी आयोजना निर्माणको प्रक्रिया शुरू गरिएको हो।
चालू आर्थिक वर्ष २०७८।७९ मा १ करोड ५ लाख रुपैयाँ बजेटको काम हुने बताइएको छ। उपभोक्ता समितिमार्फत नै खानेपानी आयोजना निर्माण गर्न लागिएको हो।
जनसंख्या वृद्धि र बस्ती विकास हुँदै गएकाले भोलिका दिनमा थप पानीको आवश्यक पर्ने भएकाले अहिलेबाट थाक्नाखोला खानेपानी आयोजना निर्माणको काम शुरू गरिएको बताइएको छ।