काठमाडौं। मेलम्ची खानेपानी आयोजना बाढीपहिरोले क्षतिग्रस्त भएको ६ महिना बितिसक्दा पनि क्षतिग्रस्त आयोजनाको काम कुन ढाँचा र कुन निकायले गर्ने भन्ने टुङ्गो छैन्। हाल सरकारले राष्ट्रिय गौरवमा सूचीकृत गरेको आयोजनाको मर्मत सम्भारमा पनि अस्वाभाविक मौनता देखाइरहेको छ।
क्षतिको विवरण र कार्ययोजनामा असोजको पहिलो साताबाटै आयोजना पहुँचमार्गको काम सुरु गर्ने कार्यतालिका बनाएर का खानेपानी मन्त्रालयमा बुझाएको मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक जानकारी दिएका छन्।
उक्त कार्ययोजनामा असोजको दोस्रो साताबाट हेडवक्र्स क्षेत्रको ढुंगा, गिटी, बालुवा र माटो हटाउन थाल्ने, अम्बाथान पोर्टल खुला गरी गरी टनेल डिवाटरिङ कार्य, निरीक्षण एवं आवश्यक मर्मत कात्तिक दोस्रो सातासम्म सम्पन्न गर्ने उल्लेख गरिएको थियो। यसैगरी कफर ड्यामको पुनर्निर्माण पुसको दोस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
खानेपानी मन्त्रालयले क्षतिग्रस्त मेलम्चीको पुनर्निर्माण प्रस्ताव समयमै मन्त्रिपरिषद्मा लैजान नसक्दा आयोजनाको भविष्य नै अनिश्चयतर्फ धकेलिएको छ। मेलम्चीको पानीको बहाव गत कात्तिकदेखि नै घटिसकेको भएपनि बाढीले ल्याएको ग्रेग्य्रान र फोहोर सफा गर्ने काम कुन निकायलाई दिने भन्ने बारेमा आयोजनाले हालसम्म टुंगो लगाउन सकेको छैन।
मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशकले प्रक्रियागत झन्झटको कारण क्षतिग्रस्त मेलम्चीको संरचना कुन ढाँचामा निर्माण गर्ने भन्ने विषय नटुंगिएको जनाएका छन्।