काठमाडौं। जापानले विश्वकै पहिलो दोहोरो भूमिका भएको सवारी साधन बनाएको छ, जुन सडक र रेलको लिकमा दुबैमा कुद्न सक्छ।
यो जापानको टोकुसिमा परफेक्चरको काईयो बस्तीमा सञ्चालनमा आएको छ। झट्ट हेर्दा डीएमसी मिनिबस जस्तो देखिने र सामान्य खालको रबरको टायरमा सडकमा गुड्छ। तर यो जब आन्तरिक परिवर्तनको समयमा आइपुग्छ स्टिलको पाङ्ग्रा रेलको ट्रयाकमा आफसेआफ बस्न जान्छ। यसले प्रभावकारी रूपमा रेलको लिकमा आफूलाई सेट गर्छ।
डीएमभी चलाउने आसा कोस्ट रेलवे कम्पनीका सीईओले भने,‘ यो सवारीले साना सहरहरू जस्तै कैयौँलाई सहयोग गर्न सक्छ। यो सहरको जनसङ्ख्या बुढ्यौलीतर्फ र सङ्कुचनको अवस्थामा गइरहेको छ।
बुढ्यौली उमेरको जनसङ्ख्याका कारण विशेषगरी यो ग्रामीण क्षेत्रका लागि उपयोगी मानिन्छ। यो सार्वजनिक सवारी साधनको एउटा राम्रो स्वरूप पनी हो।
यो सवारी साधन रेलवे ट्रयाकमा २१ यात्रु बोकेर प्रतिघन्टा ६० किलोमीटसरको गतिमा र परम्परागत सडकमा १०० किलोमीटरको गतिमा गुड्न सक्ने आसा कोस्ट रेलवेले बताएको छ। यसमा इन्धनको रूपमा डिजेल प्रयोग गरिन्छ। सानो आकारको यो सवारी विभिन्न रङमा उपलब्ध छ। यसलाई दक्षिणी जापानको शिकोकु तटमा पनि गुडाइने योजना बनाइएको छ।