काठमाडौं। अमेरिकामा नयाँ वर्षको दिन मात्र २ हजार ५ सय ८१ उडानहरू रद्द भएका थिए। कोरोना र खराब मौसमका कारण एकै दिन् २५ सय बढी उडा रद्ध गरिएको हो।
जसका कारण हजारौं हवाई यात्रीले दुःख भोग्नुपरेको थियो। अधिकांश हवाई कर्मचारीहरूलाई कोभिड संक्रमण भएको र केही स्थानमा खराब मौसमका कारण शनिबारका उडानहरू रद्द गरिएको थियो।
यो साताभर १२ हजार उडान रद्द भएका छन्। क्रिसमसको पूर्वसन्ध्यादेखि दैनिक सयौं उडान रद्द गर्दै आएको एयरलाइन्सले शनिबार सबैभन्दा बढी उडान रद्द गरेको हो।