काठमाडौं। भारतीय निजी विमान कम्पनी स्पाइसजेटको यात्रुवाहक विमानले एयर ट्राफिक कन्ट्रोलर(एटीसी)को स्वीकृति बिनै उडान भरेको छ। ३० डिसेम्बर २०२१ मा राजकोटबाट दिल्लीका लागि उडेको विमानले स्वीकृति बिनै उडान भरेको हो।
स्वीकृति बिनै उडान भरेपछी भारतीय उड्डयन नियामक संस्था नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)ले घटनाको छानविन गर्न आदेश दिएको छ। स्पाइसजेटको उक्त विमान ३० डिसेम्बर विहान ९ः ३० बजे राजकोटबाट दिल्लीको लागि उडेको थियो। विमान बिहान ११ः१५ बजे दिल्ली एयरपोर्टमा अवतरण भएको थियो।
जुनसुकै विमानले पनि विमानस्थलबाट उडान भर्नुअघि एटीसीबाट विभिन्न प्रकारका अनुमति लिनुपर्ने अधिकारीहरू बताउछन्। पहिले विमानको स्ट्यान्डबाट बाहिर निस्कन अनुमति लिनुपर्छ। त्यसपछि इन्जिन स्टार्ट गर्नुअघि नै स्वीकृत गर्नुपर्ने हुन्छ। उडानका लागि लाइनमा उभिनुपर्छ र अन्तमा उडानको अनुमति लिनुपर्छ। तर दिल्लीका लागि उडान भरेको विमानका चालकहरूले उडान गर्नु अघि आवश्यक स्वीकृति नै लिएन। डीजीसीएले उक्त घटना पछाडिका कारणहरू पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।