काठमाडौं। कोरोनाभाइरसको नयाँ प्रजाति ओमिक्रोन संक्रमण त्रास र खराब मौसमको कारण आइतबार विश्वभर ४ हजारभन्दा बढी अन्तर्राष्ट्रिय उडान बन्द भएका छन्।
जसको आधामात्र अमेरिकाबाट हुने उडानहरु रद्द भएका छन्। उडानहरु बन्द हुँदा बिदाका सबै कार्यक्रम प्रभावित भएका छन्।
आइतबार ग्रीनविच समयअनुसार बेलुका ८ बजेदेखि अमेरिका भित्रिने र बाहिरिने गरी २४ सयभन्दा बढी उडान रोकिएका थिए। सोही दिन विश्वभर ११ हजार २०० उडानमा ढिलाइ भएको छ।
स्काइवेस्ट र साउथवेस्ट बिमान कम्पनीहरुका उडानहरु सर्वाधिक स्थगित भएका छन्। क्रिसमस र नयाँवर्षको छेकोलाई सर्वाधिक उडान हुने समय मानिन्छ। तर, ओमिक्रोनको उच्च फैलावटले कोरोनाभाइरस संक्रमणमा वृद्धि गराएको छ।
कामदारको अभावका कारण अमेरिकी जहाज कम्पनीहरुले उडानहरु धमाधम रद्द गरिरहेका छन्। नयाँवर्षको छेकोमा ओमिक्रोनले विश्वभर संक्रमणमा वृद्धि गराएको छ।