काठमाडौं। वायुसेवा कम्पनीहरु केन्या र अफ्रिकन एयरवेजले साझेदारीमा कम्पनी सञ्चालनमा ल्याउने तयारी गरेका छन्। अफ्रिकी मुलुकको पर्यटन, व्यापार लगायत प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वायुसेवा कम्पनी सञ्चालनमा ल्याउन लागिएको हो। उक्त वायुसेवा कम्पनी सन् २०२३ बाट सञ्चालनमा ल्याइनेछ।
सन् २०२१ मै सहकार्यको छलफल अघि बढेपछि दुवै कम्पनीले पान–अफ्रिकन एयरलाइन्स समूह सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो।
उक्त कम्पनी सञ्चालनमा आएसँगै कोभिड–१९ का कारण थलिएका दुवै वायुसेवा कम्पनीको पुनरुत्थान हुने जनाइएको छ। दुवै वायुसेवाको साझेदारी हुने नयाँ कम्पनीमार्फत यात्रु, कार्गो सञ्जाल विस्तार हुनेछ।
दुवै कम्पनीले साझेदारीमा व्यवसाय गर्दा नाफामा जान सकिने कार्ययोजना तयार भएको छ।