काठमाडौं। सरकारले महाकाली नदिमाथी नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणका लागि समझदारी गर्न स्विकृती दिएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिष्द् बैठकले यस्तो निर्णय गरेको हो।
दार्चुला जिल्लाको महाकाली नदिमाथी नेपाल–भारत जोड्ने मोटरेलबल पुल निर्माणका लागि समझदारी गर्न स्विकृति दिने निर्णय भएको छ। उक्त नेपाल–भारत जोड्ने पुल निर्माण भएमा दुई देशबिचको व्यपारीक सम्बन्धमा अझ सुधार आउने विश्वास गरिएको छ। पुल निर्माण पछि सर्वसाधारणलाई आवतजावतमा पनी सहज हुनेछ।