काठमाडौं। अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको लगानी रहेको स्टारलिंकका भारत प्रमुखले राजीनामा दिएका छन्। स्टारलिंक इन्डियाका कन्ट्री डाइरेक्टर एवं बोर्ड प्रमुख संजय भार्गवले तीन महीनामा नै पदबाट राजीनामा दिएका हुन्।
भार्गवले मंगलवार साँझ लिंक्डइनमा पोष्ट गर्दै उक्त जानकारी दिएका छन्। उनले उक्त पोष्टमा व्यक्तिगत कारणले गर्दा छाडेको बताए पनि अरु बारेमा केहि खुलाएका छैनन्। उनले भारत प्रमुखको जिम्वेवारी भने सन् २०२१अक्टुबरमा सम्हालेका थिए। उनको यो तीन महीने कार्यकाल सहज नभएको बताइएको छ।
मस्कको सहायक कम्पनी स्टारलिंक इन्टरनेट परियोजनाले विश्वभर भूउपग्रहका माध्यबाट इन्टरनेट सञ्चालन गर्ने योजना बनाइरहेको छ। उनको यो महत्वकांक्षी इन्टरनेट परियोजना पनि हो। अहिले विश्वमा फाइवरको माध्यमबाट इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको पहुँच विस्तार गरिरहेका छन्।