काठमाडौं। जापानी विद्युतीय सामाग्री निर्माता कम्पनी सोनी ग्रुपले विद्युतीय सवारी साधन निर्माण गर्नका लागि नयाँ कम्पनीको स्थापना गर्ने भएको छ। कम्पनीले यही वर्षको बसन्त याममा उक्त कम्पनी खोल्ने भएको हो।
पछिल्लो समयमा विद्युतीय सवारी साधनको बजारमा राम्रो माग र तीव्र दरमा अघी बढिरहेको छ। अझ भन्दा यस क्षेत्रमा लगानी गर्नेहरुको होडबाजी नै चलेको छ। यस दौडमा होमिने सोनी पछिल्लो कम्पनी हो। कम्पनीले सन् २०२२ को बसन्तमा सोनी मोबिलिटी इंक लञ्च गर्ने भएको छ।
यस अघि नै विद्युतीय सवारी साधनको प्रोटोटाइप बनाइसकेको सोनीले यो सार्वजनिक सडकमा परीक्षण समेत गरिसकेको छ।