हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिकाको गोठी र कुती गाउँ पहिलो पटक सडक सञ्जालसँग जोडिएको छ। गाउँ सडक सञ्जालसँग जोडिएपछि यहाँका स्थानीय हर्षित भएका छन्।
सर्केगार्ड गाउँपालिका–५ को गोठीगाउँमा पहिलोपटक सामान र यात्रु बोकेको गाडी पुगेपछि स्थानीयले गाडी चालक र यात्रुलाई फूलमाला, खादा र अबिर लगाएर स्वागत गरेका छन्। सडक निर्माण भएपछि विकासको अनुभूति गर्न पाएका स्थानीयले सवारी चालक र यात्रुलाई गाउँमा स्वागत गरेका हुन्।
पहिलो वर्ष सडक निर्माण थालनी गर्दा कसैले नपत्याएको भन्दै आफ्नो एक्लो प्रयासले दुई वर्ष लगातार निर्माण गरेर गाउँमा सडक पुगेको वडाध्यक्ष कर्णजङ्ग शाहीले बताए।
सडक निर्माणका लागि एक करोड ६४ लाख लागत लागेको वडाध्यक्ष शाहीले जानकारी दिए।