काठमाण्डौ लगाएतको क्षेत्रमा फोहोर व्यवस्थापन समस्या भइरहेकोमा चौतारा साँगाचोकगडी नगरपालिकाले वडा नं. ५ मा रहेको फोहोर डम्पिङ्ग साइटको स्तरोन्तिको लागी २०७८।७९ मा प्राथामिकताका साथ बजेट विनियोजन गरको छ ।
चौँतारा साँगाचोकगडी नगरपालिका लगायतका सिन्धुपाल्चोकको फोहोर व्यवस्थापन हुँदा सो क्षेत्रको जनताको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने तथा अन्य जिल्ला वा पालिकाहरुले पनि यस्ता कार्यलाई प्राथामिकता दिने विश्वास लिएको छ ।
नगरपालिकाले करिव २ करोड विनियोजन गरेको सो कार्यको लागी भदौँ महिना भित्र ठेक्का आव्ह्वान गर्ने जानकारि दिएको छ ।