काठमाडौं। इन्टेलले ओहायोमा चिप निर्माण गर्ने उद्योग खोल्न २० बिलियन डलर लगानी गर्ने भएको छ। इन्टेलले ओहायोमा ठूलो चिप निर्माण गर्ने ठाउँको विकास गर्न लागेको हो।
इन्टेलका सिईओ प्याट जेलसिगंरले यो पृथ्वीकै सबैभन्दा ठूलो सिलिकन निर्माण गर्ने ठाउँ हुने विश्वास राखेका छन्। न्यू आल्बानीको एक हजार एकर जमिनमा यस उद्योगको विकास गरिनेछ।
यही वर्ष निर्माण गर्ने भवन बनाउन सुरु गरिनेछ र कम्पनीले यो प्रोजेक्ट सन् २०२५ सम्ममा सम्पन्न हुने आशा गरेको छ। चिप अभावको समस्यालाई कम गर्नका लागि यो पहल सुरू गरिएको हो। भविष्यमा यस प्रोजेक्टलाई २ हजार एकर जमिनका विस्तार गरेर आठ ओटा प्लान्ट बसाउने इन्टेलको योजना पनि रहेको छ।