जापानी अटोमेकर टोयोटाले यातायात प्रविधिसम्बन्धीे प्राप्तिहरुलाई तीव्रता दिएको छ। कम्पनीले सिलिकन भ्यालीको सफ्टवेर विकासकर्ता कम्पनी रेनोभो माटर्स इन्कलाई स्वचालीत ड्राइभिङ प्रविधिमा काम गरिरहेको आफ्नो वोभन प्लानेट टिममा समावेश गरेको हो।
एक वर्षअघि कम्पनीले अमेरीकी भेन्चर कारमेरा इन्क किनेको थियो। करमेराले सडकको नक्सा अपडेटलाई सस्तो र द्रुतगतिको सेवा दिन्छ। त्यसका लागी यसले टोयोटाका दशौँ लाख गाडीमा जटित क्राउडसोस्र्ड इन्फरमेसन प्रयोग गर्छ।
उक्त कम्पनीले पछिल्लो खरिदको आर्थिक विवरण खुलाइसकेको छैन। रेनोभोले अटोमेटिक अपरेटिङ सिस्टम विकास गर्छ जसलाई टोयोटा मोटर कपले प्रोग्राम्ड भेहिकलका लागी महत्व देखेको एपीले जनाएको छ। टोयोटाका अनुसार यसलाई एउटा मोबीलीटि कम्पनीमा रुपान्तरण गर्न सकिने छ,जसले कारमात्र नभइ अन्य सवारीसाधनलाई पनि यसमा समावेश गरिनेछ।
ल्याटिन भाषामा रेनोभोको अर्थ नयाँ जीवन वा नविकरण भन्ने हुन्छ। रेनोभोको डेटा व्यवस्थापन प्लेटफर्मले अटोमेकरहरुलाई आफ्ना सवारी साधनहरुबाट निरन्तर सिक्न प्रेरित गर्दछ। यसको कम्प्लिट लुप तरिका प्रयोग गरेर त्यो प्राप्त हुन्छ। यसले गर्दा सवारीसाधन अझै सुरक्षीत र भरपर्दो हुने कम्पनीको दाबी रहेको छ।