विद्युतीय गाडीमा अमेरिकी अटो निर्माता फोर्डले महत्वपुर्ण लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले विद्युतिय गाडीको उत्पादनमा अमेरीकामा ११ अर्ब भन्दा माथी अमेरीकी डलर लगानी गर्ने घोषणा गरेको हो।
उक्त कम्पनीले अमेरीकाको केन्टुकी राज्यमा दुईवटा ब्याट्रीपार्क र टन्निसीमा अहिलेसम्मकै ठुलो कारखाना बनाउने फोर्डले जनाएको छ। योजनाअनुसार उक्त लगानीमा कम्पनीले शुन्य उत्सर्जनका कारहरु र पिकअपहरु अमेरीकी उपभोक्ताको लागि उत्पादन गर्नेछ। यसबाट ११ हजारलाई रोजगारीको अवस्था सिर्जना हुने बताइएको छ।
सन् २०३० मा जीएम र स्टेलान्टिसजस्तै फोर्डले पनि आफुले बेच्ने आधाजस्तो कारहरु शुन्य उत्सर्जनयुक्त हुने आशा गरेको छ। सरकारले पनि यस्तै प्रकारका लगानी थप गनुपर्ने छ। अमेरीकाका लागी राम्रो भविष्य निर्माण गर्ने ठुलो लगानी रहेको फोर्डका अध्यक्ष तथा प्रमुख कार्यकारी जिम फार्लेले बताउनु भयो।
उक्त कम्पनीले धेरै विद्युतीय कारमा ब्रकथ्रु दिने गरी अघि बढेको दाबी गरेको छ। टेन्निसीको कारखाना ब्लु ओभल सिटी छ, सो वर्गमाइल क्षेत्रमा हुनेछ भने यहाँ अर्को पुस्ताका विद्युतीय पिकअप ट्रक र ब्याट्रीहरु सन्् २०२५ बाँट उत्पादन हुने फोर्डले बताएको छ। नयाँ लाइनका फोर्ड र लिंकन ईभिलाई केँटुकीका ब्याट्री पार्कले शक्ति दिनेछ।
टेक्सन र मिचिगन प्लान्टमा फोर्डले ईभि उत्पादन गर्न लगानी गरिसकेको छ। उक्त कम्पनीले भविष्यमा दक्षीण कोरीयाली ब्याट्री उत्पादन एसके इन्नोभेसनसँग साझेदारी गरी नयाँ लगानी गर्नेछ।