बाँके। बाँकेको डुडुवामा संघीय भौतिक पूर्वाधार विकास मन्त्रालयको रणनीतिक सडक सञ्जाल योजनाको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ योजनाअन्तर्गत सडक निर्माण गर्न शुरु गरिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक योजनामा डुडुवाको यस सडकलाई पारेपछि निर्माण प्रक्रिया शुरु भएको हो।
यो सडक २५ करोड रुपैयाँ लागतमा निर्माण शुरु गरिएको छ। डुडुवा गाउँपालिकाको गन्धैली नालादेखि जाफरपुर्वा, बेतहनी अमृतपुर्वा, दासपुर्वा, कैरातीपुर्वा, कोल्ही हुँदै रमपुर्वा–डुडुवा खोलाको झोलुंगे पुलसम्म पहिलो चरणमा सडक निर्माण गरिने छ। यसका लागि २५ करोड रुपैयाँको टेन्डर आह्वान गरिएको बताइएको छ।
सडक निर्माण प्रक्रिया शुरु भएसँगै वर्षौंदेखि हिलो र धुलोको समस्या झेल्दै आएका डुडुवाबासी हर्षित भएका छन् ।