काठमाडौं। भारतको विद्युत माग यो वर्ष अधिकतम १० प्रतिशतसम्म बढ्ने भएको छ। अघिल्लो वर्षको तुलनामा ८ देखि १० प्रतिशत विद्युत माग बढ्न सक्ने प्रक्षेपण गरिएको हो।
यसअघि चालू वर्षमा विद्युत माग बढेर १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको थियो। कोराना महामारीको कारणले उद्योगधन्दा नियमित सञ्चालन हुन नपाउँदा लक्ष्यअनुसार खपत बढाउन नसकिने अवस्था देखिएपछि खपतको अनुमानित लक्ष्य संशोधन भएको बताइएको छ।
सन् २०२२ को जनवरी महिनामा वितरण कम्पनीहरूको विद्युत महसुलको बक्यौता १० अर्ब ६६ करोड भारु पुगेको छ। सन् २०२१ को डिसेम्बरसम्ममा भारतको विद्युत जडित क्षमता ३ लाख ९३ हजार मेगावाट पुगेको थियो। जसमा नवीकरणीय ऊर्जाको हिस्सा ३७ प्रतिशत रहेको छ।