इलाम। इलामको चुलाचुली गाउँपालिकाको प्राथमिकतामा सडक स्तरोउन्नती र कालोपत्रे रहेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षबाट सडक कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिएको हो ।
यस अघि गाउँपालिका नयाँ ट्रयाक खोल्ने योजना बन्द गरि धुले सडकलाई ग्राभेल गर्नमा समिति रहेको थियो। समथर भु–भाग रहेको चुलाचुली भित्रका प्राथमिकता प्राप्त धुले सडकहरु ग्राभेल गर्ने काम सकिएपछि गाउँपालिकाले सडक कालोपत्रे गर्ने नीति लिएको छ ।
वडा नम्बर १ देखि ६ सम्म जोड्ने चुलाचुली मार्गसँगै झापाबाट चुलाचुली जोड्ने पालिकास्तरीय सडक कालोपत्रे गर्ने काम अहिले धामधम भइरहेको छ ।
प्रशासनिक सेवाका दिन आवश्यक भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेकाले सडक कालोपत्रेले प्राथमिकता पाएको बताइएको छ।
पाहिलो चरणमा वडाबाट गाउँपालिकाको केन्द्र जोड्ने सडकको कालोपत्रे गरिने छ । इलाम झापाको सीमावर्ती क्षेत्रदेखि चुलाचुली गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रेको काम अहिले अन्तिम चरणमा पगेको छ ।
चालु आर्थिक वर्षमा गाउँपालिकाको केन्द्रकाट वडा जोड्ने १५ किलोमिटर सडक कालोपत्रे भइसक्नेछ । सडक कालोपत्रेका लागि प्रदेश र संघीय सरकारको समपूरक कोषमा गाउँपालिकाले थप गरि बहुवर्षे ठेक्का सम्झौता गर्दै आएको छ ।