काठमाडौं। भारतमा मंगलबार सन् २०२२/०२३ को बजेट प्रस्तुत गरिएको छ । अर्थमन्त्री निर्मला सितारामले भारतीय तल्लो सदन लोकसभामा बजेट प्रस्तुत गरेकी हुन्।
नयाँ बजेटमा भारत सरकारले सन् २०२२/२३ मा ८० लाख विपन्न वर्गलाई घर बनाइदिने उल्लेख छ । त्यस्तै ६० लाख मानिसलाई रोजगारी दिइने र अर्गानिक खेती गर्न किसानलाई प्रोत्साहन गरिने उल्लेख छ ।
त्यसैगरी राष्ट्रिय राजमार्ग २५ हजार किलोमिटर विस्तार गरिने, हुलाक कार्यालय अनलाइन बनाइने र आईटी तथा निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । डिजिटल बैंकिङको सुविधा हरेक क्षेत्रमा गरिने र किसानलाई डिजिटल सेवा प्रदान गरिने बताइएको छ । बजेटमा किसानका लागि धेरै ठूलो राहत दिने घोषणा गरिएको छ ।