काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेको छ।किसान आन्दोलन भन्दै प्रदर्शन गर्दै आएको जनमत पार्टीले विहीवार बिहानै राजमार्गमा टायर बालेर प्रदर्शन गरेको हो।
उनीहरुले मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ। राजमार्गका ठाउँ–ठाउँमा बाँसका भाटा बोकेका जनमत पार्टीका कार्यकर्ता बसेका छन्।
केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। राजमार्ग क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन्। विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टीले किसान आन्दोलन गरिरहेको छ।